दुबईमा खेलिएको आइपीएलको छैठौँ खेलमा किंग्स इलेभन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गरेको छ। किंग्स इलेभन पञ्जाबले जितका लागि २०७ रनको चुनौती दिएको थियो, तर रोयल च्यालेन्जर्स बैंगलोरको टिमले १७ ओभरमा मात्रै १०९ रन बनाएर अलआउट भयो। बैंगलोरका लागि वासिङ्गटन सुन्दरले ३० एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन तथा शिवम दुवेले १२ रन बनाए।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
पञ्जाबका रवि बिश्नोई र मुरुगान आश्विनले ३र३ तथा सेलड्रोन कोट्रेलले दुई विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीय पारी खेलेका थिए। ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरेका उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन्।
Advertisements



JUNGLE






from the
city


