एप्पलले आइफोनमा ब्याट्री सकिनुअघि प्रयोगकर्तालाई सचेत गराउने फिचर ल्याउन लागेको छ। अहिले कम्पनीले हरेक पटक आइफोनको ब्याट्री पावर कम हुँदा सानो आइकन वा नोटिफिकेसन मार्फत प्रयोगकर्तालाई सचेत गराउँदै आएको छ। तर त्यतिन्जेलसम्म ब्याट्री निकै थोरै हुने भएकाले प्रयोगकर्तालाई विकल्प खोज्न समस्या पर्छ। एप्पलले यसलाई सुधार गर्न यसप्रकारको फिचर ल्याउने योजना बनाइरहेको एप्पल इन्साइडरले बताएको छ। एप्पलले नयाँ फिचरको लागि पेटेन्ट तयार गरिसकेको छ। जुन ब्याट्री पावर बढाउन नभएर प्रयोगकर्तालाई अगाडि नै यसको विकल्प खोज्न सक्षम बनाउन लक्षित गरिएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
‘सामान्यता ब्याट्री पावर कम हुने बित्तिकै आइफोनले प्रयोगकर्तालाई सचेत गराउँछ तर त्यसले प्रयोगकर्तालाई केही मद्दत हुँदैन,’ एप्पलले भनेको छ, ‘यो अवस्थालाई सुधार गर्न हामीले नयाँ योजना बनाएका छौं। यो फिचरले आइफोनमा पहिले नै ब्याट्री कम हुन लागेको थाहा पाइन्छ र विकल्प निकाल्न प्रयोगकर्तालाई पर्याप्त समय दिनेछ।’ सो पेटेन्टमा लेखिएअनुसार आइफोनले कम्प्युटिङ प्रणाली आधारमा लोकेसन सेन्सर, दिनको समय, कम्प्युटर प्रणाली चालु छ कि छैन, फोन चार्जर राखिएको छ वा छैन जस्ता सबै विवरण लिन्छ। यसरी आइफोनले चार्ज अवस्थाबारे विश्लेषण गरेर प्रयोगकर्तालाई कति बेला ब्याट्री चार्ज गर्नु पर्ने बताउँछ।



JUNGLE






from the
city



नयाँ पेटेन्ट लागू हुनुभन्दा अगाडि नै प्रयोगकर्तालाई आफ्नो आइफोनको ब्याट्री पावर बचाउनु छ भने आइफोनमा भएको ‘लो पावर मोड’ फिचर अन गर्न सक्ने एप्पल इन्साइडरको भनाइ छ।