आईएफजेले म्यानमारमा पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहा गर्न आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ ९आईएफजे०ले म्यानमारमा पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहाइको लागि आग्रह गरेको छ । म्यानमारको सेनाले मुलुकमा भइरहेको ‘कू’विरुद्धको आन्दोलनको कभरेज गरेको आरोपमा कम्तीमा ६ पत्रकारमाथि मुद्दा चलाएको छ । सेनाको यो कदमको विरुद्धमा विज्ञप्ति निकाल्दै आईएफजेले सेनालाई प्रेस स्वतन्त्रताको आफ्नो दायित्व पनि पूरा गर्न आग्रह गरेको हो । म्यानमारमा पक्राउ परेका ६ पत्रकारलाई मानिसहरुको डर उत्पन्न गर्ने, गलत समाचार सम्प्रेषण गरेको वा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सरकारी कर्मचारीलाई डर देखाएको आरोप लगाइएको छ । सबै पत्रकारहरु फेब्रुअरी २७ र २८ मा पक्राउ परेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै कू गरेपछि हुनसक्ने आन्दोलनलाई ध्यानमा राख्दै नयाँ कानुन ल्याएको थियो । संयुक्त राष्ट्रसंघको मानवाधिकार उच्च आयुक्त मिचेले बाचेलेटले म्यानमारको सेनाले तत्काल प्रदर्शनकारीको हत्या र जेल हाल्नबाट रोक्नुपर्ने बताएकी छिन् । उच्च आयुक्तको कार्यालयका अनुसार म्यानमारमा सेनाले कू गरेपछि अहिलेसम्म एक हजार ७०० भन्दा धेरै मानिसहरु पक्राउ परिसकेका छन् । जसमा कम्तीमा २९ जना पत्रकार छन् ।
आईएफजेले पत्रकारहरु पक्राउ पर्नुभन्दा पनि उनीहरुलाई कहाँ राखिएको छ भन्ने कुरा थाहा नहुनु झन् ठूलो समस्या भएको बताएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु