इन्डियन प्रिमियर लिग (आइपीएल) १३औं संकरणको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीआइसीसी) ले आइतबार तालिका सार्वजनिक गरेको हो। सेप्टेम्बर १९ देखि नोभेम्बर ३ सम्म लिग चरणका ५६ खेलको तालिका सार्वजनिक गरिएको छ । पहिलो खेल सेप्टेम्बर १९ मा मुम्बइ इन्डियन्स र चेन्नई सुपर किंग्सले बीच आबुधाबीमा हुनेछ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सेप्टेम्बर महिनाभर हरेक दिन एक–एक खेल मात्रै हुने गरी तालिका बनाइएको छ । अक्टोबर लागेपछि शनिबार र आइतबार २–२ खेल हुनेछन् । अघिल्ला सिजनमा हरेक शनिबार र आइतबार दुई दुई खेल हुने गर्थे। यूएईको दुबई, अबुधाबी र सारजाहमा गरी तीन रंगशालामा खेल हुनेछ । नेपानका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटलले दोस्रो दिन किंग्स ११ पञ्जावको सामना गर्नेछ । अहिले क्यारेबिन प्रिमियर लिग ९सीपीइल० खेल्न ट्रिनीडाडमा रहेका सन्दीप आइपीएलमा सहभागी हुनेनहुने टुंगो लागेको छैन।



JUNGLE






from the
city



कोरोना संक्रमणको महामारीका बीच सुरु हुन लागेको आइपीएलका लागि सबै टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापकहरु करिब एक महिनाअघि देखि नै युएई पुगेर निश्चित समय क्वारेन्टाइनमा बसी प्रशिक्षणमा सहभागी भइरहेका छन्। यसबीच केही टोलीका खेलाडी तथा सदस्यहरुलाई कोरोना संक्रमण पनि देखिएको थियो।
गत मार्च २९ बाट सुरु हुने गरी तालिका बनाइएको आइपीइलको १३औं संस्करण कोरोना महामारीका कारण अन्योलमा परेको थियो।