आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज स्थगित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ २९, काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ । कोरोना भाइरसको कारण स्कटल्याण्ड क्रिकेट बोर्डले सिरिज स्थगित गरेको जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बोर्डले विज्ञेप्ति निकाल्दै नवौँ चरणका खेलहरु स्थगित भएको जनाएको हो । स्कटल्याण्ड क्रिकेटको आग्रहपछि आईसीसीले सिरिज स्थगित गरेको जनाएको छ । प्रतियोगितामा नेपाल, नामिबिया र स्कटल्याण्डले जुलाई ४ देखि ११ सम्म खेल्ने तालिका थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट प्रक्रियाको रुपमा रहेको यो प्रतियोगिता अब कहिले हुन्छ भन्नेमा आईसीसीसँग समन्वय गरेर मिति तोक्ने जनाइएको छ । आईसीसी प्रतियोगिता प्रमुख क्रिस टेट्ले विभिन्न देशले कोरोनाको कारण विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएकोले त्यसको असर प्रतियोगितामा परेको जनाएका छन् ।

यसअघि कोरोनाकै कारण नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरिज पनि आईसीसीले स्थगित गरेको थियो । यो सिरिज नामिबियामा अप्रिल २० देखि २७ मा हुने तालिका थियो । स्कटल्याण्डमा नेपाल, नामिबिया र घरेलु टिमले दुईरदुई एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको थियो ।

यस्तै जुन ९ देखि १६ मा पीएनजीमा हुने नेपाल, पीएनजी र युएईको सिरिज पनि अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ । आईसीसीले विश्वकप च्यालेञ्ज लिग बी अन्तर्गत युगाण्डामा अगस्ट ३ देखि १३ मा हुने प्रतियोगिता पनि स्थगित गरेको छ । यो प्रतियोगितामा बर्मुडा, हङकङ, इटली, जर्सी र केन्याको सहभागिता रहने तालिका थियो ।

साथै मलेसियामा हुने भनिएको आईसीसी मेन्स टी–२० विश्वकपको दोस्रो चरणको छनोट पनि कोरोनाको कारण स्थगित भएको छ । यो जुन २६ देखि जुलाई २ ताखिरमा हुने तालिका थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु