आउँदैछ फूल चार्जमा ३१२ किमि दौडने TATA NEXON EV कार

TATA NEXON EV एकचोटि चार्ज गरेपछि ३२१ किलोमिटरको दुरी तय गर्न सक्षम हुन्छ ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

भारतको चर्चित गाडी निर्मात कम्पनी टाटाले बिद्युतीय गाडीहरुको उत्पादन थालिसकेको छ । कम्पनीले भारतीय बजारमा बिद्युतीय मोडलको TATA NEXON EV  बुकिंग खोली सकेको छ । कम्पनीको दावी अनुसार यो भारतमा पाईने विद्युतीय कारहरुमा सबैभन्दा सस्तो कार हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ब्याट्री र क्षमता

टाटा नेक्सन ईभीमा परमानेन्ट म्याग्नेट एसी मोटर लगाईएको हुन्छ । यो अटोमेटीक ट्रान्समिसन मोटरको क्षमता 127 bhp छ । जसले कारलाई पावरफुल बनाएको छ । यस मोटरले 30.2 kwh को लिथयम आयन ब्याट्री बाट पावर लिन्छ । यसको ब्याट्री तरल पदार्थबाट आँफै चिसिने प्रक्रिया जसलाई लिक्विडकूल टेक्नोलोजी भनिन्छ, त्यसको नियन्त्रणमा रहन्छ । यसै प्रक्रियाबाट चार्ज भैरहँदा वा गुडीरहँदा मोटर तात्न पाउँदैन । यसमा IPS67 को वाटरप्रुफ ब्याट्री छ र यसको पर्फमेन्स रेटिग 129PS र 245NM छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रेञ्ज

यसमा भएको ब्याट्रीको क्षमता अनुसार टाटा नेक्सन ईभी एकचोटि चार्ज गरेपछि ३२१ किलोमिटरको दुरी तय गर्न सक्षम हुन्छ । यो कारलाई जीरो बाट १०० किमि प्रति घण्टाको रफ्तार समात्न मात्र ९.९ सेकेण्डको समय लाग्छ । आश्चर्यको कुरा, यसको ब्याट्री १ घण्टामा ८० प्रतिशत सम्म चार्ज हुन सक्छ । जुन एकदम कम समय हो । यदि सामान्य चार्जरबाट चार्ज गरिएमा भने पूर्णरुपमा चार्ज हुन ८ घण्टाको समय लाग्छ । कम्पनीले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी दिएको छ ।

फिचर्स

यस बिद्युतीय कारमा ईलेक्ट्रीक ब्रेक फोर्स डिस्ट्रीब्यूसन, एण्टी ब्रेकींग सिस्टम, की-लेस एन्ट्री, अटोमेटिक क्लाईमेट कन्ट्रोल, रिवर्स पार्किंग क्यामेरा, ७ ईचको ईन्फोटेन्मेन्ट सिस्टम जस्ता अत्याधुनिक फिचर्सहरु दिईएको छ ।

मुल्य

यस कारको मुल्य भारतीय बजारमा भारु १४ लाख छ । नेपालमा यसको बजार मूल्य करिब ५५ देखि ६० लाख सम्म पर्ने अनुमान गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु