आउँदैछ हुण्डाई क्रेटाको  7 SEATER / 8 SEATER भर्सन

NEW 2020 Hundai Palisade 8 seater

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

दक्षिण कोरियाको गाडी निर्माता कम्पनी हुण्डाईले दक्षिण एशियाली बजारमा आफ्ना एस्यूभी डिजाईनका गाडीलाई विस्तार गर्ने योजना बनाईरहेको छ । विगत केहि वर्ष यता भारत र नेपालमा पनि एसयूभी मोडलका गाडीहरु प्रयोगकर्ताको पहिलो रोजाईमा परेका छन् । । यहाँ दिइएका मोडलहरु कम्पनीले यसै बर्ष भित्र भारतीय बजारमा लञ्च गर्ने योजना बनाईरहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

HUNDAI CRETA 7 SEATER

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हाल क्रेटालाई हुण्डाई कम्पनीको सबैभन्दा लोकप्रिय गाडी मानिएको छ । यसै लोकप्रियतालाई कायम गर्न कम्पनीले नयाँ सेभेन सिटर भर्सनमा काम गरिरहेको छ । तर यसको आधिकारीक नाम र फिचर्स भने अहिले गोप्य नै राखिएको छ । सुत्रहरुका अनुसार यो हुण्डाई अल्काजर (HYUNDAI ALKAZAR) को नामबाट आउन सक्ने बताएका छन् ।
क्रेटाको यस सभेन सिटर भर्सनलाई टेष्टका दौरान सोसल मिडियामा धेरैले रुचाएका थिए । यो फाईभ सिटरका तुलनामा केहि लामो हुनेछ साथै केहि नयाँ फिचर समेत राखिने छन । यसको मुल्य करिब १७ लाख भारु पर्ने अनुमान गरिएको छ ।

HYUNDAI PALISHADE 8 SEATER

हुण्डाईले पालिसेड (Hyundai Palisade) नाम दिएको एट सिटर एसयूभी समेत भारतीय बजारमा छिटै लञ्च गर्ने योजना बनाएको बताईएको छ । भारतीय समाचार एजेन्सीहरुलाई दिएको जानकारीमा कम्पनीले यस गाडीको परिक्षण गरिरहेको छ । हुण्डाईको पालिसेड मोडल यसअघि नै विश्व बजारमा आईसकेको छ । केहि परिवर्तनका साथ यसलाई अहिले परिक्षणमा रहेको बताईन्छ । यसको लम्बाई ४ मिटर ९८ सेमि छ भने उचाई १ मिटर ७५ सेमि छ । अघिल्लो पेट्रोल ईञ्जीन पालिसेडको मोडलमा 291BHP शक्तिका साथमा 3.8L V6 डाईरेक्ट ईञ्जेक्सन थियो । नयाँ आउन लागेको मोडलको २२.३६ लाख भारु पर्ने बताईएको छ ।

2020 HUNDAI i20

i20 हुण्डाई मोटर्सको ह्यासब्याकमा पहिलो कार थियोे । अहिले कम्पनीले तेश्रो पुस्ताको हुण्डाई  i20 ल्याउने तयारीमा छ । तीन  टा सिरिजमा निकालिएको यो प्रिमियम ह्यासब्याक अक्टोबरमा लञ्च गर्ने योजना कम्पनीको छ । तर कोरोनाका कारण यसको पुष्टी भने भैसकेका छैन । तेश्रो पुस्ताका तीन मोडलमाहरु  1.2 लिटरको नेचुरल एस्पिरेटेड पेट्रोल, १.० लिटरको टर्बो पेट्रोल र 1.5 लिटरको टर्बो डिजेल ईञ्जीनमा लञ्च हुँदैछन् । यि सिरिजहरुको मुल्य साढे ५ देखि साढे ९ लाख भारु पर्ने बताईएको छ ।

:एजेंसीको सहयोगमा

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु