विगत लामो समयदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागु गर्ने विषय अन्ततः आउँदो शनिबारबाट कार्यान्वयमा आउँदैछ । विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा क्लिन फिड नीति लागु हुने निश्चित भएको हो । यसको अर्थ त्यसउपरान्त नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापन बज्ने छैनन् । गत वर्षको कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागु गर्ने प्रावधान राखिएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सोही प्रावधानका आधारमा शनिबारबाट क्लिनफिड लागु हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले स्पष्ट पारेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले विदेशी च्यानल विज्ञापन रहीत रुपमा प्रसारण हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्न मन्त्रालयले विज्ञापन बोर्ड समेत गठन गरिसकेको जानकारी गराएका हुन् । मन्त्रालयका सहसचिव डिलाराज शर्माको अध्यक्षतामा गठन गरिएको बोर्डले क्लिन फिड लागु भएको वा नभएको विषयको अनुगमन गर्नेछ । यदि कात्तिक ८ पश्चात विदेशी च्यानलमा विज्ञापन प्रसारण गरेको खण्डमा सेवाप्रदायकहरुलाई कारबाहीको दायरामा ल्याइने छ । नेपाल र नेपालको विज्ञापन बजारका लागि यो एउटा महत्वपूर्ण कदम भएकाले पनि यो लागु हुुनु स्वभाविक नै हो । तर, क्लिन फिड लागु हुँदा हाल प्रसारण भइरहेका ९० प्रतिशत च्यानल बन्द हुने व्यवसायीहरु बताउँछन् ।



JUNGLE






from the
city



जसमा स्टार च्यानल, कलर्स, बीबीसी, सीएनएन, लगायतका च्यानल प्रसारण नहुने डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए । उनका अनुसार, सोनीको हकमा भने क्लिन फिडका लागि छलफल जारी छ । सोनीले यो विषयमा काम गरिरहेकाले प्रसारण हुन सक्ने सम्भवना बाँकी रहेको उनको भनाई छ । यसरी स्टार च्यानल, सोनी, कलर्स, बीबीसी, सिएनएन जस्ता च्यानल प्रसारण नहुने अवस्थामा जारी इन्डियन प्रिमियर लिग (आईपीएल), यूईएफए च्याम्पियन्स लिग, इङ्लिस प्रिमियम लिग जस्ता खेलकुदको लाइभ समेत हेर्न पाइने छैन । ती च्यानल आउने स्थानमा सेवा प्रदायकले सरकारको निर्णय अनुसार हाल यो च्यानल प्रसारण गर्न नसकिने भनेर सूचना प्रसारण गर्ने बताएका छन् । यी च्यानल कहिलेबाट नेपालमा पुनः प्रसारणमा आउँछन् भन्ने कुरा अनिश्चित बनेको छ ।