आगामी तीन वर्षभित्र ३० हजार सार्वजनिक स्थानमा निःशुल्क वाईफाई उपलब्ध

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स र फेसबुकबीच नेपाली इन्टरनेट प्रयोगकर्तालाई मध्यनजर गर्दै सेवा प्रदान गर्ने सहकार्य भएको छ । यो सहकार्यसँगै आगामी तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा निःशुल्क वाईफाई उपलब्ध पुर्याउने योजना सार्वजनिक भएको छ । बिहीबार आयोजित एक भर्चुअल प्रेस मिटमा वर्ल्डलिङ्कले फेसबुकसँग भएको सहकार्यको बारेमा जानकारी दियो । सो अवसरमा वर्ल्डलिङ्कले फेसबुकको एक्सप्रेस वाईफाई प्लेटफर्ममार्फत नेपालभरी सार्वजनिक वाईफाई सेवा उपलब्ध गराउने जानकारी दियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पत्रकार सम्मेलनमा दुवै कम्पनीले सहकार्य गरेको घोषणा समेत गरेका छन् । एक्सप्रेस वाईफाई प्लेटफर्म अन्तर्गत अहिले वर्ल्डलिङ्कले देशभर उपलब्ध गराएको १० हजारभन्दा बढी सार्वजनिक फ्रि वाईफाईमध्ये ७ हजार ५ सय स्थानका वाईफाईका लागि सहकार्य गरेको वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलिप अग्रवालले जानकारी गराए । कार्यक्रममा वर्ल्डलिङ्कका अध्यक्ष दिलिप अग्रवालले यो सहकार्यले अझ पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेट पहुँचमा ल्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीलाई सरकारले स्पेक्ट्रम दिएको छैन र नदिँदा समस्या भएको छ, तर पनि फेसबुकसँगको सहकार्यमा पब्लिक वाईफाई व्यवस्थापन गर्न सहयोग हुनेछ ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आगामी दिनमा इन्टरनेट सेवा प्रदायकहरुलाई समेत सरकारले स्पेक्ट्रम दिएर सहयोग गर्नुपर्ने बताउँदै सरकारले मोबाइल स्पेक्ट्रममार्फत डाटा र इन्टरनेट दिने कुनै कानून आएमा प्रयोगकर्तालाई अझै सहज उनको तर्क थियो । फेसबुकको पूर्वाधार प्रयोग गरेर उपलब्ध गराइने यस्तो इन्टरनेटका लागि उपलब्ध स्थानमा एकपटक दर्ता गरिसकेपछि अर्कोपटक गर्नु नपर्ने सुविधा थप भएको छ । त्यस्तै यसअघि मोबाइल फोनमा मात्र ओटीपी आउने व्यवस्था भएकामा सहकार्यपछि ह्वाट्सएप प्रयोगकर्तालाई सोही एपबाट उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । निःशुल्क वाईफाई उपलब्ध गराइएका यस्ता स्थानमा प्रयोगकर्ताले तोकिएको समयसम्म निःशुल्क इन्टरनेट प्रयोग गर्न सक्छन् । पुनः प्रयोगका लागि फेरि उपयोग गर्नसक्ने गरी सुविधा पनि थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले मासिक पाँच लाख प्रयोगकर्ताले यस्तो सुविधा प्रयोग गरिरहेका छन् । पत्रकारले गरेको एक प्रश्नको उत्तर दिदैं अध्यक्ष अग्रवालले भने, यूजर्ससँग रकम लिने छैनौं, यसमा विज्ञापनमार्फत आगामी दिनमा मनिटाइज गरिने छ ।

अध्यक्ष अग्रवालले एक्सप्रेस वाईफाई प्लेटफर्मले वर्ल्डलिङ्कको सार्वजनिक वाईफाई सेवा सुधार गरेर, दुरुस्त, भरपर्दो र किफायती इन्टर्नेट सेवाको साथै सबैका लागि, सबै ठाउँमा, सधैं जोडिने हाम्रो दृष्टिकोणमा उच्च योगदान गर्ने विश्वास व्यक्त गरे । यस सहकार्यले देशभरीका अल्पसंख्यक, विपन्न वर्गलाई पनि इन्टरनेट सेवाको पहुँच नजिक पुर्याउने आशा व्यक्त गरे । पत्रकार सम्मेलनमा सहभागी भएका फेसबुकका तर्फबाट मोबाइल पार्टनरशिपका निर्देशक करण खाराले भने, ‘रोजगार, शिक्षा, स्वास्थ्य सेवा र थप पहुँच सुनिश्चित गर्न उच्च गुणस्तरीय इन्टरनेट पहुँच अत्यावश्यक तत्व हो । एक्सप्रेस वाईफाई प्लेटफर्मको साथ वर्ल्डलिङ्क नेपालमा आफ्नो वाइफाइ कभरेजलाई दिगो रुपमा विस्तार गर्न सक्षम छ । धेरै व्यक्तिलाई अनलाइनका लागि सक्षम पार्ने हाम्रो विश्वास छ । हामी वर्ल्डलिङ्कसँग निरन्तर साझेदारीको लागि तत्पर छौं ।’

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु