आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिराले घर पुरिँदा एकै परिवारको तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोले घर पुरिँदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको हो । बिहान चार बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
राजस्थानबाट केही सलहका झुण्ड उत्तर प्रदेशतर्फ प्रवेश गरेका र हावाको बहाबसँगै जुनसुकै बेला नेपाल आउन सक्ने भएकाले सावधानी अपनाउन प्लान्ट क्वरेण्टीन तथा विषादी ब्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । रातको समयमा र पानी परेको समयमा उड्न नसक्ने भए पनि हावाको तीब्र बहाबका कारण जुनसुकै बेला नेपाल आउन सक्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन उहाँको आग्रह छ ।
लगातार परेको पानीले काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा जलमग्न भएको छ । पानीले सडक समेत भरीएपछि गाडी ओहोरदोहोरमा समस्या भएको छ । सडक मर्मत तथा ढल र खानेपानीको पाइप जडान गर्नका लागि खनिएका ठाउँमा बढी पानी जमेपछि नागरिकलाई सास्ती भएको छ । लगातारको झरीका कारण जमल, चाबहिल चुच्चेपाटी, कलंकीको खसीबजार, बल्खु, खुमलटार लगायतका ठाउँमा सडकमा पानी जमेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक मंगलबार केही मिनेट मात्र बसेर फेरि स्थगित गरिएको छ ।बैठक यहीँ साउन १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अमेरिकामा गएको २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९) बाट ६१ हजार २८८ जना संक्रमित थपिएकका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले एकै दिन ६० हजारभन्दा बढी संक्रमित थपिएको बताएको हो । त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हाप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ ।
औषधिजन्य कच्चा पदार्थ तथा तयारी औषधिहरु प्रतितपत्र वा अन्य माध्यम (ड्राफ्ट, टीटी आदि) बाट निकासी पैठारी गर्दा अनिवार्य रुपमा औषधि व्यवस्था विभागको सिफारिसपत्र लिनुपर्ने भएको छ । औषधि ऐन, २०३५ (दोस्रो संशोधन सहित) मा भएको प्रावधान अनुरुप राष्ट्र बैंकले यसलाई कार्यान्वयनमा ल्याउन यस्तो निर्देशन दिएको हो ।
त्रिविमा गरिएको तालाबन्दीप्रति नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन्। नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष यादवप्रकाश लामिछाने र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक रमेशप्रसाद भट्टराईद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कदम तुरुन्त फिर्ता लिएर वार्तामा बस्न हामी प्राध्यापक मित्रहरूमा आग्रह गर्दछौं। त्रिवि पदाधिकारीले पनि मागको सम्बोधनका बारेमा वार्ताको वातावरण तयार पारी समस्याको समाधान गर्न हामी हार्दिक आग्रह गर्दछौं।’
धादिङको बेलिघाट रोराङ गाउँपालिकास्थित जवाङ खोलाको ढुङ्गाखानीमा गएको छ । लगातारको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सातवटा टिप्पर पुरेको छ । स्थानीय दान बहादुर गुरुङका अनुसार बाढीको कारण टिप्परसँगै पार्किङ गरिराखेको पाँवटा एक्साभेटर पनि पुरिएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन । त्यस्तै पहिरोका कारण जवाङ खोला नजिकै रहेका तीनवटा घरमा क्षति पुगेको प्र्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरो जाँदा दुई जुम्ल्याहा बालबालिकाका मृत्यु भएकोे हो । मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।
नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौँका ८ र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु