आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

कोरोना भाइरसको खोप निर्माणमा सफता प्राप्त भएको समाचारहरु आइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भने सन २०२० मै भने कोरोना भाइरसको खोप तयार भइनसक्ने बताएको छ । ‘भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको हो । तर यो वर्ष भ्याक्सिन तयार हुने कुरामा आशावादी हुन सकिँदैन।’ – डब्ल्युएचओका कार्यकारी निर्देशक माइक रयानेले भनेका छन् ।
भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टाभित्र ४५ हजार ५९९ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएको छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो । यसअघि सम्म कुनैदिन यतिको संख्यामा संक्रमित फेला परेका थिएनन् । भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । पछिल्लो ५ दिनको तथ्याङ्कमै भारतमा झण्डै २ लाखको हारहरीमा संक्रमित थपिएका छन् ।
सरकारले सोमबार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आगामी १ भदौदेखि नियमित व्यवसायिक आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सूचारु गर्ने निर्णय गरेको हो । आगामी १ भदौदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्ने तयारी सुरु गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालय महाप्रबन्धक देवेन्द्र केसीका अनुसार कोरोना संक्रमण जोखिम हेरेर दैनिक १५ वटासम्म उडान भर्नसक्ने अवस्था छ ।
रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित गरिएको छ । गुठी संस्थानले हिजो सूचना जारी गर्दै आउँदो श्रावण १० गते रथारोहण गर्ने भनिएकोमा स्थगन गरिएको विज्ञप्ती मार्फत जनाएको छ ।खकोभिड १९ संक्रमणका कारण हाललाई रथारोहण स्थगित भएको गुठी संस्था ललितपुरले जनाएको छ ।
आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला ९४ हजार ५ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको हो । यस अघि हिजो बुधबार सुनको उच्च विन्दु प्रतितोला ९४ हजार रुपैयाँ रहेको थियो । यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु।९४ हजार ६५ तोकिएको छ ।
लकडाउन खुलेसँगै हिजोबाट ट्राफिक प्रहरीले लकडाउनपूर्वका गतिविधि थालेको छ । लकडाउन खुलेको पहिलो दिन काठमाडौं उपत्यकामा ५ सय चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । ट्राफिक नियमविपरीत सवारी चलाउने र अनुशासन पालना नगर्ने पाँच सयजना कारबाहीमा परेका हुन् ।
बुधबार ठाँटीकाँध गाउँपालिकाकामा १६ जनामा कोरोना संक्रमण देखिए पछि समुदायमा थप संक्रमण फैलन नदिन बिहीबार मध्यनदेखि निषेधाज्ञा जारी गरिएको कोरोना रोकथाम बिपद् व्यवस्थापन समिति दैलेखले जनाएको छ। सरकारले लकडाउन हटाएपनि दैलेखको समुदायस्तरमा कोरोना फैलिएको शंकामा परीक्षणलाई तीव्र पारिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि कक्षा १२ उत्तीर्ण भएको प्रमाणपत्रमा कक्षा ११ का विषय र उत्तीर्णाङक उल्लेख नहुने व्यवस्था गर्ने भएको छ । यस पटक देखि कक्षा ११ को परीक्षा तथा नतिजा सम्बन्धित विद्यालयले नै सार्वजनिक गर्ने व्यवस्था भएपछि बोर्डले प्रमाणपत्रमा पनि नयाँ नियम लागू गर्न लागेको हो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार कक्षा १२ को प्रमाणपत्रमा सम्बन्धित विद्यार्थीले कक्षा ११ मा कुन कुन विषय अध्ययन गरेका थिए भन्ने जानकारी लिनका लागि छुट्टै लिंकको व्यवस्था भने गरिने बताए ।
त्रिभुवन विश्वविद्यालयले बन्दाबन्दी खुलेसँगै रोकिएका सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका० परीक्षा नियन्त्रक पुष्पराज जोशीले बन्दाबन्दी खुलेसँगै परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए। ‘हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ’, उनले भने, ‘तर त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा पुगेका छौँ।’ उनले दशैं अगाडि नै रोकिएका सेमेष्टर र वार्षिक परीक्षा गर्ने तयारी गरिएको जानकारी दिए। त्रिविले चाँडै नै परीक्षाका बारेमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीमा जोडिएका जिल्लामा यातायात चलाउन पाइने गरी निर्णय गरेको भएपनि उपत्यका सरकारले सीमा जोडिएका एक जिल्लाबाट जिल्लामा प्रवेशको नाकामा भने प्रहरीले कडाइ कायमै राखेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार उपत्यका प्रवेशका नाकाहरुमा पूर्ववत रुपमै चेकजाँचलाई कडाइ गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु