आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

उत्तर कोरियामा पहिलोपटक कोभिड–१९ को संक्रमण भेटिएपछि किम जोङ उनले आइतवार आकस्मिक बैठक बोलाएको उत्तरको सरकारी समाचार संस्था केसीएनएले जानकारी दिएको छ । संक्रमित व्यक्ति काएसोङ शहर हुँदै जुलाई १९ मा उत्तर कोरिया पसेको बताइएको छ ।
नेपाली बजारमा आइतबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ ।
गोदावरी नगरपालिकाले गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले उक्त अनुरोध गरेको हो ।
नेपाल प्रहरीले अनलाइनबाटै पुलिस रिपोर्ट बनाउन सकिने प्रणालीको विकास गरी सञ्चालनमा ल्याएको छ । प्रहरीले यो सेवा सुरु गरेसँगै अब पुलिस रिपोर्ट बनाउन कार्यालय सम्म जाने समस्याको अन्त्य भएको छ । यो सेवा नेपाली र अंग्रेजी दुबै भाषामा उपलब्ध रहेको छ ।
बेलायतका विशेषज्ञहरुका अनुशार मोटोपना भएका व्यक्ति कोरोना भाइरसको सङ्क्रमणबाट गम्भीर बिरामी हुन सक्छन् र उनीहरुको मृत्यु हुने आशङ्का पनि धेरै हुन्छ । बेलायत स्वास्थ्य विभागको एक्जिक्युटिभ एजेन्सी पब्लिक हेल्थ इङ्ग्ल्याण्डले एक तथ्यका आधारमा यस्तो खुलासा गरेको हो ।
भक्तपुरमा प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परका छन । मध्यपुर ठिमी नगरपालिका-२ सानोथिमीस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा जीवन श्रेष्ठलाई पक्राउ गरेको हो।
विराटनगर महानगरपालिकाले कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलन सक्ने भन्दै अत्यावश्यकबाहेकका सेवहरु बन्द गर्ने निर्णय गरेको छ । आइतबार महानगरपालिकामा बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई रोकथाम तथा नियन्त्रण गर्न अनुगमन कार्यदलसमेत बनाएको छ ।
गोल्छा समूहले झिकाएको फोर्ड कम्पनीको गाडीबाट तस्करीको मोबाइल बरामद भएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै भित्र्याउन लागिएको नयाँ गाडीबाट ३३ थान मोबाइल बरामद भएको हो । गोल्छा समूहको जीओ अटोमोबाइल्सले मगाएको फोर्ड गाडी शनिबार चेकजाँच गर्दा विभिन्न ब्रान्डका ३३ थान मोबाइल बरामद भएको भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत विमलकुमार साहले बताए ।
कोरोनाभाइरस संक्रमणको दर बढिरहेको वेलामा मास्कको प्रयोग घटिरहककाले गृह मन्त्रालयले आफू मातहतका निकायलाई मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको छ । आज ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै गृहले मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनेको हो ।
नेपालमा आइतबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ८ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।अहिलेसम्म १३ हजार १२८ जना निको भएर घर फर्किसकेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार १२८ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु