आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले कोरोना भाइरस हावाबाट सर्ने वैज्ञानिकहरूको दाबीलाई स्वीकार गरेको छ । केही दिनअघि मात्रै ३२ देशका २३९ जना वैज्ञानिकहरूले हावाबाट कोरोना भाइरस सर्ने दाबी गरेका थिए ।यसअघि वैज्ञानिकहरुको एक समुहले डब्ल्यूएचओलाई खुला पत्र लेख्दै हावाबाट पनि कोरोना भाइरस संक्रमण हुने भएकाले हालका मापदण्ड परिवर्तन गर्नुपर्नेसमेत आग्रह गरेका थिए । यो भनाइलाई मंगलबार स्वीकार गर्दै संगठनले कोरोना भाइरस महामारी हावाबाट सर्छरसर्दैन भन्नेबारे छलफल गरिरहेको बताएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । यसअघि पनि नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको थियो । स्थगित गरिएको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सिरहा प्रहरीले मङ्गलबार एकै दिनमा मास्क नलगाई हिँड्ने ६४ जनालाई पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले संक्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा यसलाई मौका बनाएर रातो प्लेटका सवारीले यात्रु ओसारिरहेको र यात्रुबाट पनि ठूलो दरको भाडा असुल भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला ६ सयले बढेको छ । मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रक्रिया पूरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । २ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागि रामहरी देवकोटाले बताए । सरकारले आफ्ना मागहरु पुरा नगरे पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनले बताए ।

असार २६ र २७ गते दुई दिन कुमारी बैंकको बैकिङ्ग सेवा बन्द हुने भएको छ । कुमारी बैंकले देवस् विकास बैंकलाई प्राप्ति पश्चात असार २८ गते देखि एकीकृत कारोबार हुने भएकाले डाटा माइग्रेशन प्रयोजनको लागि सेवा दुई दिनका लागि बन्द गरिने बताएको छ । उक्त दिनमा कुमारी बैंकका एटीएम लगायतका सम्पूर्ण डीजीटल कारोबारसमेत अवरुद्ध हुन सक्ने बैंकले जानकारी दिएको छ ।

कोरोनाको असरका कारण विदेशमा रहँदा कम्तीमा एक साताभित्र कोरोना नेगेटिभ भएको रिपोर्ट लिएर मात्र उडानमा सहभागी हुन पाउने नियम छ । स्वदेश फर्किएपछि पनि होल्डिङ सेन्टरमा फाराम भर्नुपर्ने नियम छ । यसरी होल्डिङ सेन्टरमा फाराम भर्दा भिड भई संक्रमण फैलिन सक्ने र विभिन्न विवरणसमेत छुट्न सक्ने भएकाले बहराइनस्थित नेपाली दूतावासले नेपाल फर्कनुअघि फाराम भर्न अनुरोध गरेको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालतिर सर्दै गएकाले बिहीबारदेखि देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। ‘भारतको उत्तरी क्षेत्रमा भएको न्यून चापिय रेखा विस्तारै सर्दै नेपालतिर आउँदैछ। बिहीबार बिहानसम्म नेपालको तराई क्षेत्रमा आइपुग्छ त्यसको असरले बदली हुँदा अधिकाशं क्षेत्रमा भारी वर्षा हुनसक्छ’, मौसमविद् वरुण पौडेलले भने, ‘मनसुन पिक चरणमा आइपुगेकाले भारी वर्षा हुँदा ठूला, मझौला र खहरे खोलामा बाढी आउन सक्छ।’

नेपालमा थप २ सय ५५ जना कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा १७ जना कोरोना संक्रमित थपिएका छन् । ति मध्य काठमाडौंका १० र ललितपुरका ७ जनामा कोरोना संक्रमण भेटिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु