आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गरेकी छन् । शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरु सँगको भेटमा उनले कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड पालना गर्नुपर्ने बताइन् ।
शुक्रबार बिहान स्वाब लिइ परीक्षण गर्दा प्रधानमन्त्री केपी शर्मा ओली सहित ६ जनाको पीसीआर परीक्षण रिर्पोट नेगेटिभ आएको छ । शुक्रबार प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीको स्वाब संकलन गरिएको थियो ।
गुगलले चीनसँग सम्बन्ध रहेका विभिन्न २५ सय वटा युट्युब अकाउन्ट हटाइदिएको छ । युट्युबको प्लाटर्फममार्फत् गलत जानकारीको प्रसारलाई रोक्ने संघर्षमा रहेको गुगलले सोही कदमका रुपमा गत अप्रिलदेखि जुन महिनासम्मको अवधिमा यति धेरै संख्यामा युट्युब अकाउन्टहरु डिलिट गरिदिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सातै प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि थप सात हजार आइसोलेसन बेडका लागि ३८ करोड रुपैंया विनियोजन गरेको जानकारी दिएका छन् ।
नेपालमा गत २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले उपत्यकामा १०६ कोरोना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ९२, ललितपुरमा १० र भक्तपुरमा ४ गरी १०६ संक्रमित थपिएका हुन्।
नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार आठ जना सम्पर्कमा आएका छन् । बाँकी आठ जनाको कुनै अत्तोपत्तो छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख तीन हजार निर्धारण भएको छ । बिहीबारको तुलनामा आज चाँदीको मूल्य रु ६० ले बढेको छ । एक तोला सेतो धातुको मूल्य आज रु एक हजार ४०५ निर्धारण भएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले राहदानी र नागरीकता बितरण बन्द गर्ने भएका छन् । अत्याधिक भिडभाड बढेको कारण कोरोना संक्रमणको जोखीम पनि बढेको भन्दै काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दुइ हप्ताकोे लागि राहदानी बितरण र नागरीकता बितरण बन्द गरेको जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु