आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

भारतीय विदेश मन्त्रालयले गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याएको छ । जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको विदेश मन्त्रालयले बताएको छ । उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’
त्रिभुवन विश्वविद्यालयको इन्जिनियर अध्ययन संस्थान अन्तर्गतको स्नातक र स्नातकोत्तर तहका परीक्षा स्थगित गरिएका छन्। संस्थान अन्तर्गतको डिनको कार्यालयले आज (आइतबार) सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण भदौ तेस्रो साताबाट सञ्चालन हुने परीक्षा स्थगित गरेको जनाएको छ।
कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मृत्यु हुनेमा कास्की र पर्सामा २ जना रहेका छन् ।
आइतबार उपत्यकास्थित एक बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको खबरपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई फेरि ‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै त्यस्तो निर्देशन दिएको हो ।
आइतवार काठमाण्डौ जिल्लामा मात्रै ९० जना संक्रमित थपिएका छन् । ललितपुरमा २ जना थपिएका छन् । आज भक्तपुरमा भने संक्रमित देखिएनन् । देशभर ३८० जना कोरोना संक्रमित थपिएकोमा ४० जना निको भइ घर गएका छन् ।
आइतवार देशमा ३८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङका अवसरमा प्रवक्ता डा। जागेश्वर गौतमले गत २४ घण्टामा ४० जना डिस्चार्ज भएको र २ जनाको मृत्यु भएको जानकारी दिए ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएक छन्। सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन २३ गतेको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेका थिए ।
कोभिड–१९ को महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रदान गरे ।
अघिल्लो कारोबार दिनको तुलनामा तोलामा ९ सय रुपैयाँले सुनको मुल्य घट्दै १ लाख २ हजार ६ सयमा कारोबार भइरहेको छ । यस अघि सुनको भाउ १ लाख ३ हजार ५ सय कायम भएको थियो । तर चाँदी भने १४ सय १० रुपैयाँ पुगेको छ ।
भारतको आन्ध्र प्रदेश स्थित विजयवाडाको एक होटलमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित बिरामीहरुलाइ राख्नको निम्ती भाडामा लिइएको स्वर्ण प्यालेस नामको उक्त होटलमा आगलागी भएको हो । त्यहाको समय अनुसार विहान ५ को आसापासमा आगलागी भएको थियो भने करिब १ घण्टामा आगो नियन्त्रणमा आएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु