आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

बेलुका ५ बजेपछि सुरु भएको मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी रहेको छ । बैठकले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी महत्वपूर्ण छलफलपछि निर्णय गर्नसक्ने बुझिएको छ । वालुवाटार स्रोतका अनुसार यसअघिका मन्त्रिपरिषदका निर्णय कार्यानवयनका सवालमा संशोधनको निर्णय गर्ने तयारी छ ।
राजधानीका तीन जिल्लाका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सेवा प्रवाह रोक्ने भएका छन् । काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले स्थानीय तहका अत्यावश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
अबदेखि स्वास्थ्यकर्मीमाथि आक्रमण भएमा स्वास्थ्य सुरक्षा ऐन बमोजिम कारवाही हुने स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए। उनले भने, ‘कडा भन्दा कडा कारवाही हुने ब्यहोरा अवगत गराउँछु। स्थितिलाई सामान्यीकरण एवम् सेवा प्रदायक स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा ब्यवस्था गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँछु।’
सोमबार ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । बाँकेको कोहलपुर बस्ने ७० बर्षीय महिलाको निधन भएको हो । उनी उच्च रक्तचाँपको बिरामी थिइ्न् । यसैगरी पर्साकी ४५ बर्षी महिला, काठमाण्डौका ७६ बर्षका पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको छ । त्यस्तै कीर्तिपुरका ६४ बर्षका पुरुषकोे पनि सोमबार बिहान निधन भएको हो ।
सोमबार काठमाण्डौ उपत्यकामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले गत २४ घण्टामा काठमाण्डौ जिल्लामा मात्रै ३६ जना, ललितपुरमा ४ जना तथा भक्तपुरमा ४ जना संक्रमित भेटिएको जानकारी दिए ।
सोमबार कोरोना भाइरसका ३३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले गत २४ घण्टामा ३८० जनालाइ कोरोना पुष्टि भएको जानकारी दिए ।
काठमाण्डौ महानगरपालिका भित्रका १२ र २१ नम्बर वडा भित्रमा अब अत्यावश्यक सेवाका बाहेक अन्य पसलहरु खोल्न नपाइने भएको छ । महानगरपालिकाले एक सुचना जारी गर्दै टेकु र लगनटोल क्षेत्रमा अत्यावश्यक बाहेकका अन्य पसलहरु बन्द गर्न आदेश दिएको होे । कोरोना भाइरसको महामारी बढेको भन्दै केही दिनयता काठमाण्डौ उपत्यकाका बिभिन्न क्षेत्र सिल समेत गरिदै आएको छ ।
सरकारले मास्क प्रयोग नगर्ने तीन लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो ।
हालसम्म अनुमतिविना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिब ७ हजार ६ सय सवारी साधन र करिव १९ हजार ४ सय यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ।
रूसी रक्षा मन्त्रालय र ग्यामेलिया अनुसन्धान संस्थान द्वारा बनाईएको खोप १२ अगस्तमा दर्ता हुनेछ। यो दर्ता गरिएको विश्वमा यस्तो पहिलो कोभिड खोप हो। रुसले विश्वको पहिलो कोरोना भाइरस खोप ल्याउन तयारी गरिसकेको छ। त्यहाँ, यो खोप दर्ता प्रक्रिया १२ अगस्टसम्ममा पूर्ण गर्न सकिन्छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु