आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

सामसुङले ग्यालेक्सी नोट २०, नोट २० अल्ट्राको प्रि(बुकिङ्ग खुला गरेको छ । काम गर्न र गेम खेल्न थप सहजता प्रदान गर्ने यो स्मार्टफोनको बुकिङसँगै आकर्षक अफरहरु पनि समावेश गरिएको कम्पनीले जनाएको छ । ग्यालेक्सी नोट २० सिरिज मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्ने प्रो(गेमहरु पनि खेल्न सकिने कम्पनीले जनाएको छ ।
रुसका राष्ट्रपति भ्यादिमिर पुटिनले रुसले कोरोना भाइरस विरुद्ध विश्वको पहिलो भ्याक्सिन दर्ता गरेको घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको प्राणघातक रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्नका लागि यो डोज प्रभावकारी रहेको उनले बताए ।
रकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।
प्रवक्ता खतिवडाले मंगलबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै शैक्षिक संस्था, सैलुन, पुस्तकालय, सेमिनार, पार्टी प्यालेस अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने निर्णय भएको जानकारी दिनुभयो ।
सरकारले अन्तराष्ट्रिय सीमा नाका भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो। अब १० ठाउँबाट नेपाल प्रवेश गर्न दिने भएको हो। सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ।
मंगलबार ४ जनाको कोरोनाकोे कारण मृत्यु भएको छ । यसमध्ये एक अस्पतालमा काम गर्ने कर्मचारी पनि छन्
मंगलबार मात्रै उपत्यकाका तीन जिल्लामा गरी १३४ जना संक्रमित थपिएका छन् । हिजो ४२ जना संक्रमित थपिएका थिए । भने आज त्यसको तीन गुणा बिरामीहरु थपिएका छन् । काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो ।
मंगलबार नेपालमा ६३८ जना नया कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १७१ जना डिस्चार्ज भएका छन् ।
बजारमा व्यापारीले निर्धारण गरेको मूल्यभन्दा ४० प्रतिशत मूल्य वृद्धि गरी पिउने पानीको मूल्य निर्धारण भएको जनाउँदै तत्काल वढेको मूल्य खारेज गर्न उपभोक्ताले सरकारसँग माग गरेका छन् ।
सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको छ ।सुनको भाउ आज तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैयाँमा थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु