आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले नतिजा सम्बन्धी सबै काम साता दिन अघि सकेको थियो। तर कोरोनाको संक्रमण फैलने भन्दै सार्वजनिक गरेको थिएन। कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विद्यार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका १ सय ५३ नेपालीहरु सोमबार स्वदेश फर्किएका छन्। विदेशमा अप्ठ्यामारो परेका नेपालीहरु स्वदेश फर्काउनका लागि तय गरिएको ५ औँ चरण ९भदौ १ गतेदेखि १५ गतेसम्म० को पहिलो उडानमार्फत् सोमबार १ सय ५३ नेपालीहरुमात्रै स्वदेश फर्किएका हुन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि दिन नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनले माग गरेको छ । नेपाल विद्युत् प्रधिकरणको ३५ औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले त्यस्तो माग गरेका हुन् । ४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको अध्यक्ष पौडेलको भनाइ थियो ।

काठमाण्डौ उपत्यकामा १६८ जना कोरोना भाइरसका नया संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो ।

गत २४ घण्टामा १६० जना निको भइ घर फिर्ता भएका छन् । स्वाथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सँगै १७ हजार ४ सय ९५ जना निको भइ घर गएका छन् । २४ घण्टामा ३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

सोमबार ५८१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ५८१ जना नया संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमित हुनहरुको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

रुसले अगष्ट १२ मा कोरोना भाइरस विरुद्धको खोप दर्ता गरी प्रयोग शुरु गरीसकेको अवस्थामा चिनले पनि खोप निर्माण गरेको दावी गरेको छ । चिनका सरुवा रोग विशेषज्ञ डाक्टर चेन वेइको समुहद्धारा उक्त खोपको दोस्रो चरणको परिक्षण पनि गरिएको र उक्त परिक्षण सफल भएको दावी गरे ।

लामो समयदेखी उतारचढाव आइरहेको सुनको मुल्य आज २ सय रुपैयाले घटेकोे छ ।सोमबारकालागि छापावल सुनको प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मलेसियामा अन्वेषकहरूले कोरोना भाइरसको एउटा रूप पत्ता लगाएका छन् जुन सामान्य भन्दा १० गुणा बढी संक्रामक छ। कोरोनाको यो उत्परिवर्तन विश्वमा डी ६१४ जि को रूपमा चिनिन्छ। अमेरिकाका शीर्ष स्वास्थ्य सल्लाहकार डा। फौसीले भनेका छन कि यो उत्परिवर्तनले कोरोना भाइरसको चाँडै फैलिन सक्छ।

शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने हुदाँ विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ । सरकारको वैकल्पिक शिक्षामा गरिएको लगानी पनि खेर गई समग्र विद्यालय शिक्षामा नै दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्ने विश्लेषणपछि सरकार शैक्षिक सत्र सदुपयोग गर्ने तयारीमा जुटेको हो ।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु