

MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सुनसरी मोरङ औद्योगिक कोरिडोर तर्फ निषेधाज्ञा र भारतको बिहारमा पनि लकडाउन भएका कारण विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व संकलन प्रभावित भएको छ । दैनिक करिब १० करोड ४४ लाख रुपैया भन्सार राजस्व संकलन गर्नुपर्ने सो भन्सार कार्यालयले लकडाउन र निषेधाज्ञाका कारण दैनिक करिब ६ करोड रुपैया भन्सार राजस्व संकलन गरिरहेको प्रमुख भन्सार अधिकृत शिव प्रसाद भण्डारीले जानकारी दिनुभयो ।



JUNGLE






from the
city



काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ । आइतबार बसेको बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले जानकारी दिए ।
जाजरकोटमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले जिल्लामा कोरोनाको जोखिम बढेकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षण कम देखिएको भन्दै चार वटा प्रयोगशालालाई नियमित रूपमा पूरा परीक्षण विवरण पठाउन निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा भरतपुर अस्पताल, वीरेन्द्र अस्पताल, टिचिङ अस्पताल र किटजन्य अनुसन्धान प्रयोगशालााई पोजेटिभ संख्यासँगै सम्पूर्ण परीक्षण विवरण पठाउन ताकेता गरिएको जानकारी गराए।
सरकारले स्वास्थ्य कर्मीहरुलाइ गलत व्यवहार गर्ने जो कोहीलाइ पनि कानुनी कारवाही गर्ने भएको छ । यस अघि चितवनमा कोरोना संक्रमित चिकित्सकको घरमा ब्यानर टाग्ने ब्यक्तिहरु र काठमाण्डौमा शिविल अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरुलाइ बस्न नदिने गरि दुर्व्यवहार गर्नेलाइ कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाइ निर्देशन दिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
सरकारले विश्वमा निर्माण भइरहेका ३ खोपहरुको तेश्रो परिक्षण नेपालमा गर्नको निम्ती प्रक्रिया शुरु गरेको जानकारी दिएको छ । चिन र रसिया र बेलायत अर्थात युकेले बनाइरहेका भ्याक्सिनहरुको नेपालमा तेश्रो परिक्षण गर्न कम्पनीहरु इच्छुक रहेको कारण यसको लविङ्ग शुरु गरेको परिषदका डा। प्रदिप ज्ञावलीले जानकारी दिए ।
देशभर गत २४ घण्टामा ८१८ जना नया संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै हाल सम्म नेपालमा संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
गत २४ घण्टामा काठमाण्डौ उपत्यकामा १६६ जना नया संक्रमित थपिएका छन् । काठमाण्डौमा १२६, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना नया संक्रमित भेटिएका हुन् । देशभर आज ८१८ जना नया संक्रमित थपिएका छन्, २८१ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या आठ लाख पुगेको छ । जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका रहेका छन् ।
आइतबार सुनको मूल्य घटेको छ । यस दिन सुन तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन , शुक्रबार सुन प्रतितोला ९८ हजार ८०० रूपैयाँ कायम रहेको थियो ।