आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना एटीएम बुथमा स्यानिटाइजर र टिस्यु पेपर अनिवार्य राख्न निर्देशन दिएको छ । केन्द्रीय बैंकको निर्देशनपछि अब बैंक तथा वित्तीय संस्थाले एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यु पेपर राख्नैपर्ने भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र उपत्यकाका मेयरहरुबीच भएको बैठकले उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे छलफल भएको बताए ।

उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन गैरआवासीय नेपाली संघले सरकारको ध्यानाकर्षण गराएको छ । संघले उपप्रधान तथा रक्षामन्त्री एवं कोराना संकट व्यवस्थान केन्द्र ९सीसीएमसी० का संयोजकलाई ज्ञापन पत्र दिँदै यस्तो माग गरेको हो ।

सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ । सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । चाडबाड आएका छन्, उडान त खोल्नु परिहाल्छ, मंगलबार मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा उनले भने, तर तराईमा तत्काल खुल्दैन ।

बितेको २८ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । मृतकमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेका छन् । योसँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ ।

मंगलबार देशभर ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ । वितेको २४ घण्टामा ३१३ जना निको भएका छन् । हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।

राजधानीका तीन जिल्लामा गरी २३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । काठमाण्डौमा १९९ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी भक्तपुरमा १४ जना र ललितपुरमा १९ मा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ८५५ जना नया संक्रमित थपिएका छन् ।

देशमा कोरोना सङ्क्रणसँगै डेङ्गुको सङक्रमण पनि बढ्नथालेको छ । यसै क्रममा म्याग्दीमा पछिल्लो पटक चार जनामा डेङ्गुको सङक्रमण फेला परेसँगै सङक्रमित सङ्ख्या ३८ पुगेको छ । यस्तै लमजुङमा ढेड महिना अवधिमा नौ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन ।

होटल क्वारेन्टाइनको अभाव देखाउँदै स्थगन गरिएको पाँचौं चरणको उद्धार उडान मंगलबारबाट सुरु भएको छ । पाँचौँ चरणका लागि सार्वजनिक गरिएको ४० वटा मध्ये १८ वटा मात्रै उद्धार उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

 

 

 

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु