आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पछिल्लो २४ घण्टामा कोरोना भाइरस निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

काठमाण्डौ उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रायलका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसारकाठमाण्डौ जिल्लामा विहिबार २७० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकोो जानकारी अनुसार ३३४ महिला र ७७७ पुरुष गरी १ हजार १ सय एघार जना संक्रमित भेटिएका हुन् । त्यसैगरी ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । भने ५६९ जना निको भएका छन् । काठमाण्डौ जिल्लामा विहिबार २७० जना संक्रमित थपिएका छन् । भने भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन् ।

भारतको अन्डमान टापुमा बस्ने दुर्लभ जातिमा पनि कोरोना संक्रमण देखिएको छ । भारतीय स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार सो टापुमा रहने ग्रेट अन्डमानिज जातिका ४ जनामा कोरोना संक्रमण देखएिको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसले एरोस्पेस (हवाई तथा रकेट साइन्स सम्बन्धी) विषयको अध्यापन सुरु गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पुल्चोक क्याम्पसलाई बीईमा एरोस्पेसको नयाँ कार्यक्रम थप गर्न तथा अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति दिएसँगै यो विषयले औपचारिकता पाएको हो ।

मन्त्रिपरिषद्को भदौ ९ गते मंगलबार बसेको बैठकले विभिन्न २२ निर्णय गरेको छ । बिहीबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय भएको बताए ।

सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण ९क्लिनिकल ट्रायल० गर्न सम्भाव्यता छलफल शुरु गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड १९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो ।

सरकारले भदौ १६ गतेबाट शुरु गर्ने भनेको अन्तराष्ट्रिय नियमित उडानलाइ निषेधाज्ञाले नछेक्ने भएको छ । काठमाण्डौ उपत्यकामा भदौ ४ देखी निषेधाज्ञा लालगु गरिएको थियो । तर बुधबार फेरी एक साताको निम्ती लकडाउन थपिएसँगै उडान हुने या नहुने भन्ने विषयमा अन्यौलता थपिएको थियो । तर उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि नियमित उडान भने तोकिएको समयमै हुने भएको छ ।

छापावाल सुन आज ९बिहीबार० तोलामा ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य तोलामा ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु