आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पारिएको छ । बिहान ११ बजेसम्म किनमेल र हिँडडुलका लागि खुकुलो गरिएको छ । त्यस्तै बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था गर्न समेत सक्ने जनाइएको । उता, होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

बुधबार नेपालमा १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३२० जना महिला र ८ सय जना पुरुष गरी सो मात्रामा कोरोना संक्रमित फेला परेका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४१ हजार ६ सय ४९ रहेको छ ।

काठमाण्डौ उपत्यकामा ३८८ जनामा कोरोना पुष्टि भएको छ । काठमाण्डौ जिल्लामा ३५०, भक्तपुर जिल्लामा ९ र ललितपुरमा २९ जना संक्रमित थपिएका छन् । गत २४ घण्टामा नेपालमा १ हजार १ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म २३ हजार २ सय ८० निको भएर घर गएका छन् । त्यसैगरी बुधबार १२ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

आज तोलामा एक हजार २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७००मा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६५ रुपैयाँ निर्धारण गरिएको छ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा दुई लाख युवालाई सय दिनको रोजगारी दिने भएको छ । चालू आर्थिक वर्षमा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यअनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई लाखलाई रोजगारी दिन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताए ।

सरकारले ५ सय भन्दाबढी कोरोनाभाइरसको सक्रिय संक्रमित भेटिएमा जिल्लामा निषेधाज्ञा गर्ने भएको छ । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौ आएको १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न माग गरेको छ। बुधबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्यन्त खेदजनक भएको बताए । जनताको दैनिक जनजीवन निकै कष्टकर हुँदै गर्दा नेपाल सरकारद्वारा सञ्चालित नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्यन्त खेदजनक छ । सरकारले निरन्तर जनविरोधी निर्णय गरी लकडाउनको समयमा पनि जनतालाई सडकमा आउन बाध्य न बनाओस, विज्ञप्तिमा भनिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु