आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

नेकपा सचिवालयको बैठकले बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा लैजाने निर्णय गरेको छ । यस अघि बामदेव लाइ लैजाने या अर्थमन्त्री युवराज खतिवडालाइ नै निरन्तरता दिने भन्ने अन्यौल थियो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई सिफरिस गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

निषेधाज्ञाको नियमलाइ कुल्चेर ललितपुरमा रातो मच्छेन्द्रनाथको जात्रा लगाइएपछि प्रहरी र युवाहरु विच झडप भएको छ । उक्त घटनामा ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट भएको छ । भिड तथा तनाव नियन्त्रण गर्न गएका ट्राफिक प्रहरी जवानलाइ युवाहरुले निर्घात कुटपिट गरेका हुन् । उनको हेलमेट लगाएको कारण आफु बाँच्न सफल भएको बताएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

विहिबार १२ सय २८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विहिबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो सँगै नेपालमा संक्रमितको संया ४२ हजार ८७७ पुगेको जानकारी दिए । त्यसैगरी वितेको २४ घण्टामा ९१७ जना निको भएका छन् । भने ६ जनाको मृत्यु भएको छ ।

युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे ।

वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् । उनले आज प्रेश विज्ञप्ति जारी गरी जुम्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै पुन सत्याग्रह स्थगित भएको जनाएका हुन् । उनले गत साउत ३२ गते पत्रकार सम्मेलन गरी यही भदौ ११ गतेदेखि जुम्लामा अनशन बस्ने घोषणा गरेका थिए ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा रु ७०० ले कमी आई रु ९६ हजार ५०० मा कारोवार भएको छ । यस्तै तेजाबी सुनमा समेत प्रतितोला रु ७०० ले कमी आएको छ । बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज रु ९६ हजारमा कारोवार भएको छ । यस्तै चाँदी प्रतितोला रु २० रुपैयाँले घटेर रु एक हजार ३४५ मा कारोवार भएको छ ।

नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएकोमा त्यसको विरोध गरेको छ । विहिबार एक विज्ञप्ती जारी गर्दै नेविसंघले कोरोना महामारी नियन्त्रण गर्न ६ महिना लगाइएको लकडाउनको कारण समग्र आर्थिक अवस्था चौपक भएको अवस्थामा तेलको मूल्य बढाउनु पनि अन्याय भएको बताएको हो ।

सरकारले विभिन्न शीर्षकमा कैद सजाय पाएर कारगारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई कैदको प्रकृति हेरेर सजाय माफी गर्ने गरी तयारी थालेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण कैदीबन्दी प्रभावित हुन थालेपछि सरकारले कैदको प्रकृति हेरेर माफी दिने गरी छलफल सुरु गरेको हो ।

बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा अविरल वर्षापछि आएको बाढी पहिराले बस्ती बगाउँदा कैयौ मानिसहरु वेपत्ता भएका छन् भने दर्जनौ घरहरु बगाएको छ । हालसम्म बेपत्ता आठ जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार घटनास्थलको फरक फरक ठाउँमा आठ जनाको शव फेला परेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु