आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares

भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा मात्र पाँच सयजनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २३ हजार १७४ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ७८ हजार २५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २८ हजार ७०१ नयाँ संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही दिनयता एकैदिन थपिएका कोरोना संक्रमितको संख्याले निरन्तर नयाँ रेकर्ड राख्दै आएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

इग्ङल्याण्डकी १०४ वर्षिया बृद्धा कोरोनाभाइरसबाट मुक्त भएकी छिन् । इग्ङल्याण्डको केन्टमा बस्ने ग्रेस ग्रिनउड नामकी बृद्धाले घरमै बसेर कोरोनालाई जितेकी हुन् । तीन साता अघिबाट कोरोनाले बिरामी परेकी ग्रेस ओछ्यानबाट उठन पनि नसक्ने अवस्थामा पुगेकी थिइन् । तर उनी अस्पताल गइनन् । उनले घरमै बसेर कोरोनालाई निको पारिन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सोमबार नेपाली बजारमा सुनको मूल्यमा २ सय रुप्ेयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार आइतबार विश्वभर दुई लाख ३० हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । एकै दिन नयाँ संक्रमित थपिएको यो अहिलेसम्मकै धेरै हो । यसअघि दुई लाख २८ हजार १८६ जनामा संक्रमण पुष्टि भएको थियो । अमेरिका तथा दक्षिण पूर्वी एसियाली देशमा संक्रमण तीव्र हुँदा दैनिक थपिने संक्रमितको संख्या धेरै भएको हो । आइतबार अमेरिका ९उत्तर तथा दक्षिण० मा एक लाख ४२ हजार, दक्षिण पूर्वी एसियामा ३३ हजार, युरोपमा १८ हजार, अफ्रिकामा १७ हजार तथा पूर्वी भूमध्यसागरमा १५ हजार भन्दा बढी संक्रमित थपिएका हुन् ।

कोरोना भाइरस संक्रमण परीक्षण गर्न उपत्यकाका चारसहित ६ निजी प्रयोगशालाले अनुमति पाएका छन् । उपत्यकाका चारवटा अस्पतालले अनुमति पाएका छन् । पीसीआर विधिबाट जाँच गर्न अनुमति पाउँनेमा काठमाडौंका ४, बुटवल र नेपालगञ्जका एक–एक अस्पतालले अनुमती पाएका हुँन् । काठमाडौंका चार अस्पतालमध्ये सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरको सेन्ट्रल डाईग्नोस्टिक ल्याव र लाजिम्पाटको सूर्या हेल्थ कियरले अनुमति पाएको हुन् ।

युएईस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा विभिन्न एयरलाइन्सको ३५ वटा चार्टर उडान मार्फत कोरोनाका कारण युएईमा समस्यामा परेका ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किएका छन्। कोरोना भाइरस (कोभिड-१९) कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सरकारी नीति अनुरुप नेपाली दूतावास युएईले प्राथमिकताको आधारमा नेपालीहरुलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइरहेको हो। गत जुन १९ देखि जुलाई १२ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज,एयर अरेविया र फ्लाइ दुबईको चार्टर उडान मार्फत युएईको तीन शहर शारहजा,अबुधावी र दुबईबाट उनिहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

सोमबार लायन्स क्लबले नेपालमा उत्पादन भएको गुणस्तरीय भिटिएम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । लायन्स क्लबले २९ हजार ६ सय भिटिएम सरकारलाई सहयोग गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले जानकारी दिए ।

नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ । डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ । निको हुने प्रतिशत ६०।७ रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंका भीडभाड हुने ठाउँहरुमा कोभिड–१९ परीक्षणका लागि नमूना संकलन सुरु गरिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले केहि दिनयता राजधानीमा शंकास्पद् संक्रमितहरुको स्वाब संकलन गर्ने दर बढाएको हो।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्राकृतिक प्रकोपका घटना रोक्नका लागि सरकारले उपयुक्त नीति तथा योजना बनाउन आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतीय हस्तक्षेपका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताउँदै उपयुक्त योजना बनाउन आवश्यक रहेको बताएका हुन् । उनले भारतले बाँध बनाएर त्यसको निकास दिनुपर्नेमा एकतर्फी रुपमा बाँध बनाएर आफ्नो हितमा प्रयोग गरेको बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु