आजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

साढे दुइ बर्ष अर्थमन्त्री पद सम्हालेका सूचना तथा सञ्चार मन्त्री समेत रहेका डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले दुवै मन्त्री पदबाट साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । यसअघि अर्थ मन्त्रालयमा आयोजित एक विदाइ कार्यक्रममा सहभागी भएका खतिवडाले आफुले देशको अर्थब्यबस्थामा सकारात्मक परिवर्तन ल्याउन जग बसालेको बताएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार जना महिला र दश जना पुरुष रहेका छन् । जसमा काठमाडौंका ७८, ६७ र २२ वर्षीया तीन जना महिला सहित चितवनकी ३५ वर्षीया महिला रहेकी छन् । त्यसैगरी सप्तरीका ५५ बर्षका २ जना पुरुष सहित धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्यूठानका ५८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । योसंगै देशभर कुल मृतकको संख्या २ सय ७१ पुगेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

शुक्रवार काठमाण्डौ उपत्यकामा ४५४ जना संक्रमित फेला परेका छन् । ३८६ जना काठमाण्डौमा, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित भेटिएका हुन् ।

शुक्रवार नेपालमा कोरोनाभाइरसका १३ सय ५९ जना नया संक्रमित फेला परेका हुन् । गत २४ घण्टामा १३ हजार ६३८ परिक्षण गरिएकोमा सो मात्रामा संक्रमितहरु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४४ हजार २३६ पुगेको छ ।

बिहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । श्रोतका अनुसार आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ६४ लाख ७५ हजार ५६८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८६ लाख ६५ हजार ७३७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ।

सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमणको जोमिखमका कारण विद्यालयहरु सञ्चालन हुन नसकेपछि सरकारले होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अनलाइन कक्षा लगायतका वैकल्पिक सिकाइलाई मान्यता दिनेगरी क्रेडिट गणना गर्ने भएको हो ।

विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा ९१ करोड ८५ लाख डलर० बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको हो । कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन यो सहायताले मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा छ । यससँगै आजदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ । सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ ।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु