साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ । सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति बिकास कोषले जनाएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५४३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार ८१६ पुगेको छ । त्यस्तै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ७७ हजार ६१८ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३८ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् ।
विश्वभरि कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ लाख नाघेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र विश्वभर कोरोना संक्रमणबाट ५ हजारबढी मानिसले ज्यान गुमाएका छन् । पछिल्लो समय लगातार सबैभन्दा धेरै नयाँ सङ्क्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा फेला परिरहेको तथ्यांकहरूबाट पुष्टि हुन आएको छ । कोरोनाबाट ज्यान गुमाउनेहरूमध्ये एक चौथाइ संख्या अमेरिकामा मात्रै रहेको जनाइएको छ ।
नेप्से परिसुचक ६ प्रतिशतले बढेपछि आइतवारको लागि शेयर कारोबार बन्द भएको छ । तिन पटकसम्म सर्किट ब्रेक लागेपछि आजको लागि शेयर बजार बन्द भएको हो । पहिलो सर्किट ब्रेक कारोबार भएको ५ मिनेटमा, त्यपछिको ११ः२७ मा लागेको थियो । त्यसपछि ४० मिनेटको पछि खुलेको बजार एक मिनेटमै तेस्रो सर्किट ब्रेक लागेपछि कारोबार नै बन्द भएको हो ।
व्यवसायीहरुले सरकारको निर्णय अनुसार भोलि (सोमबार) बाट सवारीसधान सञ्चालन गर्न तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलिबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका छन् ।
आइतबार सुनको मूल्य ३ सयले बढेर प्रतितोला ९२ हजार ५ सय पुगेको छ। शुक्रबार सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक फेरि स्थगित भएको छ। पार्टीभित्र सहमति जुटिनसकेकाले बैठक पुनस् साउन ६ गतेसम्मका लागि स्थगित गरिएको हो । नेकपा केन्द्रीय कार्यादल सचिव ईश्वरी रिजालले साउन ६ गते बिहान ११ बजेसम्मका लागि अर्को बैठक तय भएको जानकारी दिए । यसअघि पनि पटक पटक भएको स्थायी समिति बैठक स्थगित हुँदै आएको छ ।
झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र र भारतीय नागरिकबीच झडप भएको छ । झापाको भारतीय सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि फेरि भारतीय नागरिकले आक्रमण गरेका हुन् ।
भाडा छुटको माग गर्दै सिभिल मलका व्यवसायीहरु केही दिनदेखि आन्दोलित छन् । पूर्ण लकडाउनको अवधिको शत प्रतिशत भाडा छुट माग गर्दै सिभिल मलका व्यवसायीले मल सञ्चालकलाई चाबी समेत बुझाइसकेका छन् । काठमाडौँको सुन्धारा स्थित रहेको सिभिल महको सपिङ कम्प्लेक्सका व्यवसायीले लकडाउनका कारण भाडा तिर्न नसकेको भन्दै मल सञ्चालक लालकाजी गुरुङलाई ताला चाबी बुझाएका थिए ।
नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १ र ललितपुरका २ जनामा कोरोना संक्रमाण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।