आजको काठमाडौंको तापक्रम ३.५ डिग्री सेल्सियस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए । उनका अनुसार आज काठमाडौंमा दिउँसोको तापक्रम १८–२० डिग्री सेल्सियसको बीचमा हुनेछ । “आज काठमाडौंको मौसम सफा नै रहने छ । केही समय बादल लागे पनि समग्रमा मौसम सफा नै रहने छ,” मौसमविद् राजु भन्छन्, “अहिले काठमाडौंको भिजिविलिटी चार हजार मिटर रहेको छ । यसले हवाई उडान तथा अवतरणमा कुनै असर गर्दैन ।” विमान उडान तथा अवतरणका लागि १५ सय मिटर भिजिविलिटी भए पुग्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

केही दिन अझै तापक्रम घट्दै जाने उनी बताउँछन् । “हामी धेरै लामो समयको मौसमी विवरण त पूर्वानुमान गर्न सक्दैनौं । तर, आगामी तीनदिनको मौसमी विवरण हेर्दा चिसो थप बढ्दै जाने देखिन्छ । तर, चिसो एकचोटी अत्यधीक होइन विस्तारै सामान्य रुपमा बढ्ने देखिन्छ,” उनले भने । अहिले ९विहान० देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरोसमेत लागे पनि दिउँसो क्रमशः हट्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली तथा प्रदेश १, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले तापक्रममा कमी आउँदा चिसो बढ्नेभन्दै यसबाट बच्न सतर्क हुन आग्रह गरेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु