काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको हो । काठमाडौंमा दिउँसो १८–२० डिग्री सेल्सियस तापक्रम पुग्ने अनुमान गरिएको मौसमविद् निराजन सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले विहान काठमाडौंमा बदली रहेको छ । दिउँसो आंशिक बदली रहने छ । बादल लाग्ने र घाम लागे क्रम चलिरहने छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । यो क्रम बेलुकासम्मै चल्ने छ । पूर्वी तराईमा अझै केही दिन बाक्लो हुस्सु र कुहिरो लाग्ने सापकोटा बताउँछन् । “पानी परेको अथवा हावा चलेको भए चाँडै हुस्सु र कुहिरो हटेर जाने थियो । तर यो दुबै नभएकाले बाक्लो हुस्सु र कुहिरो लाग्ने क्रम रोकिएको छैन । यद्यपि भोलिबाट केही सुधार हुने सम्भावना छ,” मौसमविद् सापकोटा भन्छन्, “भारतको दिल्लीमा पनि यस्तै मौसम रहेका कारण त्यसको प्रभाव नेपालमा पनि देखिरहेको छ ।” बाक्लो हुस्सु र कुहिरोका कारण तराईमा सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने भन्दै सचेत हुनुपर्नेमा उनले जोड दिए ।



JUNGLE






from the
city



आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्क हुन सबैमा आग्रह गरेको छ ।