काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । उनका अनुसार आज दिउँसो काठमाडौंमा आंशिक बदली हुने छ । बादल लाग्ने र घाम लाग्ने दुबै क्रम चलिरहने छ । अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
जल तथा मौसम विज्ञान विभागले देशको विभिन्न भू–भागमा आकाशमा बादललागेसँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउने छ । तराईका केही भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भन्दै सतर्क हुन विभागले भनेको छ । यस्तै राज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।



JUNGLE






from the
city


