आजको काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएकोमा दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियस पुग्ने मौसमविद् शान्ति कणेल बताउँछिन् । उनका अनुसार आज दिउँसो काठमाडौंको मौसम सफा रहने छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने छ भने अन्य स्थानमा मौसम सफा रहने छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश १ को उच्च पहाडी भूभागका केही स्थान र केही हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् कणेलले जानकारी दिइन् । उनका अनुसार तराईका जिल्लामा विहान हुस्सु र कुहिरो लागिरहेको छ । दिउँसोसम्म फाटेर जाने उनको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान तीन किलोमिटर भिजिबिलिटी क्षमता रहेको छ । तराईका केही जिल्लामा हवाई यातायाता सेवा विहानको केही समय प्रभावित हुन सक्ने भए पनि काठमाडौंमा भने त्यो सम्भावना नरहको कणेलको भनाइ छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तराईका जिल्लामा हुस्सु लागेकाले न्यून गतिमा सडक यातायात सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । तराईका जिल्लामा शितलहर चलेकाले तापक्रममा कमी आउँदा चिसो बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सतर्क हुन आग्रह गरेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु