आजको प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

हिजो मंगलबार सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेपछि आजदेखि बुधबारदेखि नै त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरु पुनः सञ्चालन हुने भएको छ । क्याम्पसहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै पुनः सञ्चालन हुने भएका हुन् ।
कोरोना महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । आजबाट लकडाउन अन्त्य भएपछि रोकिएको मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ । बुधबारबाट नियमित रुपमा चाँज थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।
वाणीज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दर्ता नगरी सेवा सञ्चालन गरेको भन्दै ईकमर्स कम्पनीहरुमाथि कारबाही सुरु गरेको छ । विभागले दर्ता नगरी अनलाइन व्यवसाय संचालन गरेकोले आरोपमा अफरिङ ह्यापिनेस नामक ईकमर्स कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
आज सुनको मुल्य तोलामा १३०० रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला ९४ हजार पुगेको छ, जुन हालसम्म कै उच्च हो । यस अघि सुनको उच्च विन्दु प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको थियो ।
नेपाल राष्ट्र बैंकले नेपालमै जन्मिएका दुई हात्तीको तस्बीर रु एक हजारको नोटमा समावेश गर्ने भएको छ । यसअघिको हजारको नोटमा भएका हात्तीका तस्बीर नेपालमा जन्मिएका नभएको भन्ने चर्चा थियो । तर आजबाट भने चितवनको हात्तीसारमा जन्मिएका राम लक्ष्मण हात्तिको चित्र राखेर मान्यतामा ल्याइने राष्ट्र बैंकले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारबाही गर्दा प्रतिव्यक्ति १०० का दरले एक लाख पाँच हजार ९०० राजश्व सङ्कलन गरेको छ । कोभिड १९( को सङ्क्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई १०० जरिवाना निर्देशन दिएको थियो । सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूल गरेको हो । सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप जरिवाना तिराइएको बताए ।
नेपाल वायुसेवा निगमका करार कर्मचारीले कार्यालय अगाडि धर्ना दिएका छन् । वायुसेवा निगमले करार अवधि सकिएका कर्मचारीलाई पुनः नियुक्ति नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले महामारीको जोखिम टरिसकेको नभएकाले स्वास्थ्य सम्बन्धी नियमहरु पालना गर्न आग्रह गरेकी छन् । आज ट्विट गर्दै उनले जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको बताइन् । तथापि कोरोना महामारीको जोखिम टरिनसकेकाले स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा उनको आग्रह छ ।
पाल्पा जिल्लामा एक वर्षमा ४०७ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७६र७७ का अवधिमा जिल्लामा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक १५५, पर्यटनमूलक १४८ र सेवामूलक ६२ उद्योग नयाँ दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए ।
संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २.१२ बजे आएको थियो । भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो ।
बुधबार नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । जसमध्ये १२ हजार ६८४ जना निको भएका छन् भने अब सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज १५ गतेभित्र सम्पन्न गर्ने तयारी गरेको छ । सरकारले भदौ एक गतेदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना बनाएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु