मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको झारखण्ड र आसपासमा न्युन चापिय प्रणाली रहेको छ । अहिले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानहरुमा सामान्यतया सफा रहेको छ भने प्रदेश नं १ र बाग्मती प्रदेशका उच्च हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात भएको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै राती प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।