मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ। उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिन्छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ । यसैगरी, दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भूभागहरूमा आंशिक बदली रहने छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
Advertisements



JUNGLE






from the
city


