काठमाडौं। आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो र राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। आगामी २४ घण्टामा देशका धेरै स्थानहरुको वायुको तापक्रममा हल्का गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख पारदर्शीतामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185