पश्चिमी वायुको प्रभावका कारण बिहीबार देशका अधिकांश स्थानको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान माहासाखाले जनाएको छ । बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २ र वाग्मति प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नम्बर १ का पहाडी एक दुई स्थानमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको छ। आज तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान १० डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185