काठमाडौं । आज देशका देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । तराई भू-भागका अधिकांश स्थानहरुमा सामान्य हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आज दिउँसो देशका प्रदेश न.१,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न.१ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
Advertisements



JUNGLE






from the
city



त्यस्तै आज राति प्रदेश न.१ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । त्यस्तै प्रदेश न.१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।