आजको राष्ट्रियसभामा क्वारेन्टिनमा भएको बलात्कारको विरोध गर्दै दोषीमाथि कडा कार्वाहीको माग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार २, काठमाडौँ। राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की दिलकुमारी रावल थापा ९पार्वती० ले विश्वसँगै नेपालसमेत कोभिड–१९ (कोरोना भाइरस) सँग सामना गरिरकेको विषम परिस्थितिमा कैलाली जिल्लाको शहीद माविको क्वारिन्टनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भर्त्सना गर्दै दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गरिन् । उनले भनिन्, ‘महिला सङ्क्रमितको सङ्ख्या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वारेन्टिनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न माग गर्दछु ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेकपाकै महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा जोड दिए । सोही पार्टीका मायाप्रसाद शर्माले जाजरकोट नरगाढानगरपालिका बस्ने वीरबहादुर कामीको रोजगारीको सिलसिलामा मलेशियामा यही जेठ १५ गते मृत्यु भएको बताउँदै मृतकको शव नेपालसम्म ल्याउन सरकारको ध्यनाकर्षण गराए ।

नेपाली काँग्रेसका प्रकाश पन्थले देशैभरी क्वारेन्टिनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै कैलालीको क्वारेन्टिनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय छ, दोषीमाथि कडा कारवाही होस् भने । उनले मापदण्डविपरित सञ्चालन गरिएका क्वारेन्टिन तत्काल व्यवस्थित गर्नुपर्ने माग गरे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु