आजबाट काठमाण्डौमा ‘नो इन्ट्री’, सवारी पास बन्द

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाण्डौ ।
गृह मन्त्रालयले एक जिल्लादेखी अर्काे जिल्लामा जानको निम्ती जारी गरिदै आएका सवारी पास बन्द गर्न निर्देशन दिएसँगै एक जिल्लादेखी अर्काे जिल्ला जान रोकिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विशेषगरी काठमाण्डौ जिल्लामा आउजाउ गर्नको निम्ती सवारी पासको बढी आवश्यकता र महत्व थियो ।
गृह मन्त्रालयको निर्देशन सँगै काठमाण्डौका प्रशासन कार्यालयहरुले पास वितरण बन्द गरेका छन् । त्यसैगरी काठमाण्डौ आउनेहरुले पनि सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरुबाट पास प्राप्त गर्न सक्नेछैनन् । कहिले सम्म पास वितरण नहुने हो भन्ने बारे गृहले जानकारी दिएको छैन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अव आवश्यक ढुवानीका साधन, एम्बुलेन्सहरुले मात्र काठमाण्डौ आउजाउ गर्न सक्ने छन् । कोरोना भाइरस महामारी देशभर नै बढ्दै गइरहेको अवस्थामा गृह मन्त्रालयले बुधबार सबै किसीमका सवारी पास बन्द गर्न ७७ जिल्लाकै प्रशासनलाइ निर्देशन दिएको थियो ।

देशका धेरै ठाँउमा हाल निषेधाज्ञा लगाइएका छन् । कतिपय क्षेत्र सिल गरिएका छन् । विहिबार देखी बुटवल पनि लकडाउन गरिएको छ ।
सरकारले घोषणा नै नगरेपनि देश यतिवेला आशिंक लकडाउनको अवस्थामा छ ।

शिक्षण संस्था, सिनेमाहल लगायत अधिक भिडभाड हुने क्षेत्रहरु बन्द रहेका छन् । विशेष गरी काठमाण्डौ र महामारीको बढी जोखीम भएको क्षेत्रमा सरकारी सेवा पनि बन्द छन् । त्यस्तै होटल तथा रेस्टुरन्टहरुमा पनि बसेर खान नपाइने नियम बनाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु