आज कुवेतबाट १५० नेपालीलाई लिएर एउटा विमान आउँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जेठ २८, काठमाडौँ । कुवेतबाट नेपाली कामदार लिएर बुधबार एउटा विमान आउने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि बुधबार कुवेतले दुईवटा फ्लाइटमार्फत त्यहाँ कार्यरत नेपाली कामदारलाई फर्काउन लागेको बताइए पनि बुधबार एउटा मात्रै विमान आउने भएको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसिएमसी) स्रोत र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ। सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेपछि आफ्नो देशमा अलपत्र नेपाली कामदारलाई कुवेतले आफै पठाउन लागेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कुवेतमा अवैध, श्रम सम्झौता सकिएका र आम माफी पाएका नेपालीको संख्या पाँच देखि ८ हजार रहेको छ । बुधबार एउटा विमानमा १५० जना नेपाली आउने र सबै महिला रहेको सीसीएमसी स्रोतले बताएको छ ।यसअघि गएको शुक्रबार एयर अरेबियाले दुबईबाट एक सय ६८ नेपाली कामदार लिएर आएको थियो।यूएई सरकार आफैले पठाउने भनिएको भएपनि अन्तिम समयमा पैसाका विषयमा समस्या निस्किएपछि एयर अरेबियाले पूर्व निर्धारित यात्रुलाई छाडेर त्यहाँ रहेका अरु नेपालीलाई लिएर आएको थियो। सोही दिन म्यानमारबाट पनि त्यहाँको सेनाको विमानमा नेपाली आएका थिए ।

विदेशबाट आउने नेपालीले होटल वा प्रदेशका क्वारेन्टिनमा १४ दिन बस्नुपर्ने छ । सरकारले पहिलो चरणमा विदेशमा अलपत्र २५ हजार नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको छ । विभिन्न देशमा रहेका दूतावासले स्वदेश फर्कन चाहने नेपालीको तथ्यांक संकलन गरिरहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु