काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारको सुनचाँदीको मूल्य निर्धारण गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँ घटेको हो । हिजो बिहीबार ९१ हजार १०० रुपैयाँ प्रतितोला कारोबार भएको सुन आज ९० हजार रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनलाई आज तोलामा ८९ हजार ५५० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ पनि गिरावट आएको छ । बिहीबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185