श्रावण १२, काठमाडौं । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुशार नेपालमा मनसुन सक्रिय भई वर्षा ३/४ दिनसम्म देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम बर्षा र केहि स्थानहरुमा भारी बर्षा हुन सम्भावना रहेको छ ।
न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकोले आज रातिबाट भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारी वर्षासँगै देशका थुप्रै स्थानहरुका नदी, खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेतको जोखिम रहन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
आज देशभर भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- सिम्रिक खबर
- • ६ महिना अगाडि