आज पनि बस्ने भएको छ नेपाली काँग्रेसको पदाधिकारी बैठक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक आन्तरिक विवादमै केन्द्रित रहनेछ। सोमवार आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल भएको थियो। कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले राख्दै आएको असन्तुष्टि र महाधिवेशन केन्द्रित छलफल भएको बताए। उनले पार्टीभित्र देखिएको मत भिन्नता र महाधिवेशन हुने/नहुने विषयमा देखिएको अन्यौलताका विषयमा पनि छलफल सोमवार छलफल भएको बताए।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

काँग्रेसको महाधिवेशनको मिति गुज्रिसकेको छ। फागुनमा तय भएको महाधिवेशनको मिति गुज्रेसँगै नयाँ मिति तोक्ने कसरतमा पार्टी लागेको छ। पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरित विभागहरु गठन गरेकोलगायतका विषयमा पौडेल पक्षले स्पष्टीकरण माग गरेको छ। पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याउन सभापति देउवा जिम्मेवार रहेको भन्दै विधान विपरितका सबै कार्यहरु खारेज गर्न उनीहरुको माग छ। तर देउवाले भने विभाग आफूले विधानअनुसार नै बनाइसकेकोले अरु विषयमा छलफल गर्न सकिने बताएका छन्। सोमवारको बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारी गरी ३० भन्दा बढी केन्द्रीय सदस्यहरुको उपस्थिति थियो। पदाधिकारी बैठकपछि काँग्रेसले २१ गतेका लागि केन्द्रीय समिति बोलाएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु