मौसम पूर्वानुम महाशाखाका अनुसार शुक्रबार देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन । हालको मौसम भने प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको र बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। यसैगरी, दिउँसो प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। भने, प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, राती प्रदेश १, बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185