आज बस्दै नेकपाको सचिवालय बैठक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

लामो समयको रस्साकस्सीपछि डाकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक बस्ने रनबस्नेमा अन्यौल बढेको छ । दुवै अध्यक्षसँग परामर्श गरी महासचिव विष्णु पौडेलले गत शुक्रबार अपराह्न ४ बजेका लागि बोलाएको सचिवालय बैठकले आजका लागि घनिभूत छलफल गर्ने निर्णय गरेको थियो । तर दुई अध्यक्षबीचको टकरावका कारण बैठक बस्ने या नबस्ने अन्यौल बढेको हो । यसैबीच दुईअध्यक्षको प्रस्ताव लिएर बालुवाटार–खुमलटार–बालुवाटार गरिरहेका नेकपा महासचिव विष्णु पौडेलले ‘दुवै अध्यक्ष हतारोमा रहेका कारण परिस्थिति जटिल भएको’ बताएसँगै नयाँ तरंग उत्पन्न भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विवाद बढ्दै जाँदा आजको लागि पूर्वनिर्धारित बैठक बस्ने या नबस्नेमा अनिश्चितता थपिएको हो । पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेका कारण प्रचण्डले ओलीसँग सचिवालयको बैठक बोलाउन माग गरेका थिए । तर ओलीले पहिला एजेन्डामा सहमति भएपछि मात्र बैठक बस्ने अडान लिएका थिए । राजनीतिक विश्लेषकहरु भन्छन्, ‘‘निकासका लागि भनेर बोलाइएको नेकपाको सचिवालय बैठक झनै गम्भिर मोडतिर पुगेको छ ।” अघिल्लो बैठक पनि कहरका बीच बसेका प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली बैठक स्थगित गर्ने मनस्थितीमा पुगेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ओलीनिकट नेताहरूको बैठकले बुधबारका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित गर्न ओलीलाई सुझाव दिएसँगै उनले प्रचण्डलाई प्रस्ताव पठाएका थिए । तर प्रचण्डपक्षका नेताहरु कुनैपनि हालतमा बैठक बस्नुपर्ने अडानमा छन् । स्रोतका अनुसार ओली पक्ष प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने र बैठक सार्नुपर्ने अडानबाट टसमस नहुने मनस्थितीमा छ भने प्रचण्ड–नेपाल पक्ष बैठक बस्ने र प्रस्तावमाथि छलफल हुनुपर्ने पक्षको अडानमा छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु