आज भारत बन्द, चक्का जाम भने दिउसो ३ बजेपछि खुल्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

भारतमा आन्दोलनरत किसानहरुले आज देशब्यापी बन्द आव्हान गरेका छन् । बन्दका कारण बिहानैदेखि सडक, शैक्षिक संस्था, कल कारखाना र व्यापार व्यावसाय पूर्णरुपमा ठप्प छ । क्रान्तिकारी किसान युनियनको आव्हानमा भएको बन्दलाई विभिन्न ११ राज्य सरकारले पनि समर्थन गरेका छन् । पन्जाब, दिल्ली, राजस्थान, बंगाल, केरला, झारखण्ड, आन्द्र प्रदेश, तेलंगना, महाराष्ट्र, छत्तिसगढ र पुडुचेरीका राज्य सरकारले आन्दोलनलाई समर्थन गर्दै नरेन्द्र मोदीको केन्द्र सरकारमाथि दबाब बढाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारत बन्द दिनभरका लागि आव्हान गरिएको भएपनि चक्का जाम भने दिउसो ३ बजेपछि खुल्नेछ । विश्वकै दोस्रो ठूलो जनसंख्या भएको मुलुक भारतमा जनसंख्यको ठूलो हिस्सा कृषिमा आधारित छ । सरकारले हालै ल्याएको कृषि सुधार योजनाको विरोधमा किसानहरु आन्दोलित भएका हुन् । सरकारी कानुनले आफुहरुको शताब्दीऔं पुरानो बजार व्यवस्थापन र नियन्त्रण प्रणाली बिग्रिने उनीहरुको तर्क छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सरकारले कृषि क्षेत्रमा ठूला नीजि कम्पनी र साझेदारहरुलाई फाईदा पुग्ने योजना ल्याएपछि आम किसानहरु आन्दोलित भएका हुन् । खासगरी पन्जाब र हरियाणाका लाखौं किसान संघिय राजधानी दिल्लीमा धर्ना बसिरहेका छन् । आजको बन्दलाई केन्द्र सरकारमा विपक्षीको भूमिकामा रहेका विभिन्न १९ राजनीतिक दलहरुले साथ दिएका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु