काठमाडौं। हिजो सोमबार एकै दिन प्रतितोला ७०० रुपैयाँले बढेको सुनको भाउ आज मंगलबार ८०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको बताएको छ। महासंघका अनुसार हिजो ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एकै दिन ८०० ले घटेको हो। यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ तोकिएको छ। सुनको मूल्य ओरालो लागेसँगै चाँदीको भाउ पनि घटेको छ। हिजो प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार ३०० रुपैयाँमा किनबेच भइरहेको महासंघले बताएको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185