आज सार्वजनिक हुँदैछ आईफोन ट्वेल्भ, साथमा एयरपड्स स्टुडियो पनि सार्वजनिक गर्न सक्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

आज बेलुका एप्पलको भर्चुअल इभेन्ट हुँदैछ । उक्त कार्यक्रम मार्फत आईफोन ट्वेल्भ सिरिज सार्वजनिक हुने चर्चा चलिरहेको छ । साथै एप्पलले नयाँ एप्पल टिभी स्ट्रिमिङ बक्स, एयरपड्स स्टुडियो, एयर ट्याग्स, होमपोड स्मार्ट स्पिकर लगायतका उपकरण पनि सार्वजनिक गर्न सक्ने अपेक्षा गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एप्पल इभेन्ट कसरी हेर्ने ?
एप्पलले आफ्नो इभेन्ट प्राय : यसको आफ्नै इभेन्ट्स वेबपेजमा प्रसारण गर्दछ । साथै एप्पल इमेन्ट्स एपको सहायताले एप्पल टिभीमा पनि प्रत्यक्ष हेर्न मिल्छ । त्यस्तै एप्पलको अफिसियल युट्युब च्यानलबाट पनि इभेन्ट हेर्न सकिन्छ । प्रत्यक्ष प्रसारण नेपाली समयअनुसार राती १०ः४५ बजेबाट सुरु हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

चार मोडलमा आउने छ आईफोन ट्वेल्भ
आईफोन ट्वेल्भ लाइनअपमा चार नयाँ आईफोन मोडेलहरू हुन सक्छन् । यस अन्तर्गत ५.४ इन्चको आईफोन ट्वेल्भ मिनी, ६.१ इन्चको आईफोन ट्वेल्भ, ६.१ इन्चको आईफोन ट्वेल्भ प्रो र ६.७ इन्चको आईफोन ट्वेल्भ प्रो म्याक्स रहेका छन्। सबै चार मोडेल फाइभजी फोन हुन सक्छन् । आईफोन ट्वेल्भ प्रो म्याक्समा थ्रीडी डेप्थ सेन्सिङ टेक्नोलोजी रहने छ । सँगसँगै कम्पनीले यसपटक आईफोन ट्वेल्भ वा आईफोन ट्वेल्भ म्याक्सलाई प्रिमियम मिड रेञ्ज मोडलको रुपमा बिक्री गर्नेछ ।

जबकि आईफोन ट्वेल्भ प्रो र आईफोन ट्वेल्भ प्रो म्याक्सलाई फ्ल्यागशिप डिभाइको नाम दिइनेछ । यी मोडलमा फाइभजी र ओएलईडी डिस्प्ले सपोर्ट हुनेछ । फोटोग्राफीको कुरा गर्दा आईफोन ट्वेल्भमा नयाँ अनुभव गर्न मिल्नेछ । प्रिमियम मिड रेञ्ज फोन आईफोन ट्वेल्भ र म्याक्समा डुअल क्यामेरा हुनेछ । बाँकी मोडलमा भने ट्रिपल क्यामेरा फिचर हुनेछ । यसमा खास कुरा त के हुनेछ भने यस पटक एप्पलले चारवटै फोनमा शक्तिशाली क्यामेरा सेन्सर प्रयोग गर्नेछ ।

प्रो मोडल्समा वस्तुको दूरी मापन गर्न लिडार सेन्सर प्रयोग हुनसक्छ । किनकि आईप्याड प्रोको हाई ईण्ड मोडलमा यसअघि नै लिडार स्क्यानर राखिएको छ । नयाँ आईफोनमा एप्पलको लेटेस्ट प्रोसेसर हुनेछ । खबरहरुका अनुसार नयाँ आईफोन ट्वेल्भमा ए फोर्टीन बयोनिक चिपसेट देख्न सकिनेछ । जहाँ बजेट मोडल ६४ जीबी, १२८ जीबी र २५६ जीबी अप्सनमा उपलब्ध हुनेछन् । सँगसँगै टप ईण्ड मोडलमा १२८ जीबी, २५६ जीबी र ५१२ जीबीको स्टोरेज प्राप्त हुनेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु