आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको कंगनाको दाबी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बलिउड अभिनेत्री कंगना रनोटले आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको दाबी गरेकी छन् । भारतमा जारी किसान आन्दोलनलाई ‘राजनीतिबाट प्रेरित’ भएको बताउँदै आलोचना गरेको कारण आफूले १०–१२ दिनदेखि भावनात्मक र मानसिकरुपमा ‘अनलाइन लिंचिङ’ को सामना गर्नुपरिरहेको कंगनाले दाबी गरेकी छन् । सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै कगनाले प्रियंका चोपडा र दिलजीत दोसांझमाथि निशाना साधेका छन् । उनले भनेकी छन््, ‘उनीहरुले पटक–पटक आफ्नो देशभक्ति किन पुष्टि गर्नुपर्छ जबकि प्रियंका चोपडा र दिलजीत दोसांझजस्ता कलाकारहरुसँग कहिले पनि उनीहरुको नियतबारे प्रश्न गरिँदैन ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनले भनिन्, ‘मैले वचन दिएको थिएँ जब किसान आन्दोलनको सत्य उजागर हुनेछ, शाहीन बागको जस्तै, तब तपाईंहरुसँग कुरा गर्नेछु । के यो देशमा प्रश्न गर्नु मेरो अधिकार होइन ? जबकि प्रधानमन्त्री नरेन्द्र मोदीले सबै कुरा स्पष्ट पारी सकेका छन् । तब कुनै प्रकारको सन्देह बाँकी रहँदैन । यसबाट पुष्टि हुन्छ कि यो आन्दोलन राजनीतिबाट प्रेरित छन् र यसमा आतंकवादी पनि भाग लिइरहेका छन् ।’ उनले थपिन्, ‘यो देशमा के भइरहेको छ ? साथीहरु हामी आफूले आफूलाई विदेशी शक्तिको अगाडि किन कमजोर बनाइरहेका छौँ ? मैले मेरो नियतको बारेमा हरेक दिन कुरा गर्नुपर्छ । एक देशभक्तलाई कयौँ कुरामा स्पष्टिकरण दिनुपर्छ । तर, दिलजीत दोसांझ र प्रियंका चोपडासँग उनको नियतबारे कसैले प्रश्न गर्दैनन्, उनीहरुका रणनीति के हो रु जबकि म देशको पक्षमा कुरा गर्दा ममाथि राजनीतिको आरोप लाग्छ ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु