आफू कोरोना भाइरसप्रतिरोधी भएको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको ट्वीटलाई ट्वीटरले लुकाएको छ। उक्त पोस्टले कोभिड–१९ का सम्बन्धमा भ्रामक जानकारी दिएको र ट्वीटरको नियम उल्लंघन गरेको भन्दै ट्वीटरले त्यसलाई लुकाएको हो। ट्वीटरले उक्त ट्वीटलाई नपढ्नु नै उपयुक्त भएको बताएको छ। त्यसअघि फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले अब आफूलाई संक्रमण नभएको र स्वस्थ रहेकाले काममा फर्किएको बताएका थिए। उनले भनेका थिए, ‘म प्रतिरोधी भएजस्तै लागिरहेको छ।’ उनले ह्वाइटहाउका डाक्टरहरुले पनि कोरोनाको भाइरस अब आफूबाट अर्को व्यक्तिमा नसर्ने बताएको उल्लेख गरे।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
गत साता पनि कोरोनाको उपचारका क्रममा उनले आफ्नो उपचारको विषयमा विभिन्न खालका दाबी गरेका थिए। उनले मानिसहरुलाई ठीक गर्न सक्ने एक एन्टीबडीको दाबी पनि गरेका थिए, जसलाई नागरिकहरुलाई निःशुल्क उपलब्ध गराउने बताएका थिए। ट्रम्प सोमबार पुनः राष्ट्रपतीय निर्वाचनको अभियानमा निस्कँदैछन्।



JUNGLE






from the
city


