आफ्नै छोराको कुटाइबाट एक बावुको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

जुम्लामा आफ्नै छोराको कुटाइबाट एक वृद्धको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरी घर आएका छोराले कुटपिट गर्दा बावुको मृत्यु भएको हो ।
जुम्ला कनकासुन्दरी गाउँपालिका-४ निवासी ३५ वर्षीय छोरा ऐनबहादुर शाहीले आफ्नै बुवा ७५ वर्षीय दानबहादुर शाहीलाई कुटपिट गरी हत्या गरेका हुन् । शनिबार मध्यराती बाहिरबाट मदिरा सेवन गरी घर आएका ऐनबहादुरले एक्कासी आफ्नै बुवालाई कुटपिट गर्नुको कारण भने खुलेको छैन ।
साउन १० गते राती कुटपिट भए पनि वृद्धको मृत्यु ११ गते दिउँसो मात्रै भएको हो । प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार घटनापछि घाइते भएका वृद्धलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। अहिले मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
प्रहरीका अनुसार सोमबार नै मृतकको शव पोष्मार्टम गरी आफन्तलाई बुझाउने तयारी छ । मृतक वृद्धको टाउको, आँखा र कोखामा चोटपटक लागेको छ । मृतक नेपाल प्रहरीका पूर्वअसइ समेत हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ऐनबहादुर शाही प्रहरी नियन्त्रणमा छन् ।
नियन्त्रणपछि उनलाई गाउँ नजिकैको कनकासुन्दरी प्रहरी चौकीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक देवाराज भट्टराईसहितको टोली घटनास्थलतर्फ गएको बताइएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु